नवलपुर— नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरको ३ नम्बर ढोकामा एक अज्ञात पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार शव घोप्टो परेको अवस्थामा फेला परेको हो। हालसम्म मृतकको नाम, थर र ठेगाना खुलेको छैन।
शवलाई नहरबाट निकालिएको छ र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।