बैंकक— थाइल्यान्डको राजधानी बैंककमा रहेको ओर तोर कोर बजारमा सोमवार गोलीकाण्ड हुँदा ६ जनाको मृत्यु भएको छ । पाँचजनालाई मारेपछि आक्रमणकारीले आत्महत्या गरेको थाई प्रहरीले जनाएको छ ।

मारिनेमध्ये चारजना सुरक्षा गार्ड थिए भने पाँचौं व्यक्ति बजारका कामदार थिए । अन्य दुईजना पसले घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

बन्दूकधारी व्यक्ति थाई नागरिक भएको र उसले बजारका सुरक्षा गार्डहरूसँग पहिला पनि झगडा गरेको प्रहरी अधिकृत सियाम बूनसमले बीबीसीलाई बताएका छन् ।

कम्बोडियासँग थाइल्यान्डको सीमाविवाद चलिरहेकोमा यो घटना त्यससँग नजोडिएको उनले स्पष्ट पारे ।

ओर तोर कोर बजार उच्चस्तरीय ताजा फलफूल र समुद्री भोजनका लागि परिचित छ ।

थाइल्यान्डमा बन्दूक राख्ने मानिसहरूको संख्या ठूलो छ र यस्तो किसिमको सामूहिक हत्याका घटना कमै हुने गर्छ ।