काठमाडौं— अध्यागमन विभागले शंकास्पद क्रियाकलापमा संलग्न तीन इन्डोनेसियाली नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये एक जना पर्यटक भिसामा र दुई जना अध्ययन भिसामा नेपाल आएका थिए।

गृह मन्त्रालयका अनुसार, सन् २०२४ मा नेपाल प्रवेश गरेकी एक इन्डोनेसियाली महिलाले अध्ययन भिसाको उद्देश्य विपरीत ललितपुरको धोबिघाट क्षेत्रमा मुस्लिम धर्मको प्रचार–प्रसारमा संलग्न रहेको पाइएको छ।

प्रहरी अनुसन्धानबाट ती महिलासहित अन्य व्यक्तिहरूले कुरान पढाउने कार्यमा समेत संलग्न रहेको खुलेको छ।

अध्यागमन विभागले उनीहरूको गतिविधि शंकास्पद रहेको भन्दै हाल अनुसन्धानको दायरामा राखिएको जनाएको छ। आवश्यक अनुसन्धानपश्चात उनीहरूमाथि अध्यागमन तथा भिसा नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।

535588862_804151782142935_1385203679781587739_n_okYPxxgn9p