काठमाडौं— हैजा तथा झाडापखालाजस्ता पानीजन्य रोगको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल रेडक्रस सोसाइटीले विभिन्न सहयोगात्मक गतिविधि सञ्चालन गरेको छ।
पानीको स्रोतको सरसफाइ, सचेतनामूलक कार्यक्रम, ह्यान्डवास सामग्री वितरण, तथा प्रभावित क्षेत्रहरूमा स्वच्छता प्रवर्द्धनका कामहरूमा रेडक्रस सक्रिय बनेको हो।
संक्रमणको जोखिम बढ्न थालेपछि स्थानीय तह र स्वास्थ्य कार्यालयको समन्वयमा समुदायस्तरमा चेतना अभिवृद्धि र सुरक्षात्मक उपायहरू अपनाउने कार्य तीव्र पारिएको रेडक्रसले जनाएको छ।
यस अभियानमार्फत दुर्गम तथा जोखिमयुक्त क्षेत्रलाई प्राथमिकतामा राखिएको र जनस्वास्थ्य सुरक्षामा योगदान पुगोस् भन्ने उद्देश्य रहेको बताइएको छ।