इन्दौर – भारतको मध्य प्रदेशस्थित इन्दौरको सबैभन्दा ठूलो सरकारी अस्पताल MYH को एनआईसीयू वार्डमा भर्ना भएका दुई नवजात शिशु मुसाले टोकेपछि अस्पताल प्रशासन आलोचनामा परेको छ।


अस्पताल स्रोतका अनुसार केही दिनअघि जन्मिएका ती दुवै शिशु आइतबार र सोमबार क्रमशः मुसाको आक्रमणमा परेका हुन्। पहिलो दिन एक शिशुको हात टोकेर घाइते बनाइएको थियो भने भोलिपल्ट अर्को शिशु पनि त्यस्तै घटनामा परेपछि दुबैको उपचार भइरहेको छ।


घटना सार्वजनिक भएपछि अस्पतालले आकस्मिक रूपमा मुसा नियन्त्रण अभियान सुरू गरेको छ। यद्यपि, यसअघि पनि अस्पतालमा मुसा र सरसफाइसम्बन्धी गुनासा उठ्दै आएका थिए।