सिरहा— सिरहाको गोलबजारमा स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार बिहान गोलबजार नगरपालिका–२ टुर्कियामा पैदल हिँडिरहेका आदर्श साहलाई स्कुल बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।
मृतक आदर्श स्थानीय मदन साहका छोरा हुन्। ग १ ख ३७८८ नम्बरको बस गोलबजारस्थित ट्रिनिटी बोर्डिङ स्कुलको रहेको प्रहरीको भनाइ छ ।
आज बिहान ११ बजे तिर बसको ठक्करले बालकको टाउकोमा गम्भीर चोट लागेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले जानकारी दिए। दुर्घटनापछि बसका चालक २८ वर्षीय विमल भुजेल फरार रहको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।