काठमाडौं— नेपाली सेनाले भ्रामक र झुट्टा सूचनामा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
सेनाले शुक्रबार विज्ञप्तिमार्फत विद्यमान परिस्थितिलाई लिएर नेपाली सेनासम्बन्धी विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेकाले भ्रामक र झुट्टा सूचनामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
'विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ । तसर्थ, भ्रामक र झुट्टा समाचारहरूमा वि नगर्न आम सर्वसाधारणहरूमा नेपाली सेना आग्रह गर्दछ,' सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, सेनाले सेनासम्बन्धी सूचना आदान प्रदानका लागि जनसम्पर्क तथा सूचना निर्देशनालय लगायत स्थानीय स्तरमा देहाय बमोजिमका पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न आग्रह गरेको छ ।