काठमाडौं— पछिल्लो समय जेनजी आन्दोलनले राजनीतिक उथलपुथलसँगै आज शीतल निवासमा सम्पन्न उच्चस्तरीय वार्ताबाट महत्वपूर्ण सहमति जुटेको छ। प्रतिनिधिसभा विघटनको निर्णयसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको हो।
वार्तामा राष्ट्रपति, जेनजी समूहका प्रतिनिधिहरू, कानुनविद्हरू तथा सुशीला कार्की स्वयंको उपस्थिति रहेको श्रोतले जनाएको छ । वार्तापछि अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिँदै भने, 'आज राति ८:४५ बजे कार्कीलाई अन्तरिम सरकार प्रमुखको रूपमा शपथ गराइने तयारी भइरहेको छ।'
यो सहमतिलाई राजनीतिक संक्रमणकालीन अवस्थाबाट देशलाई निकास दिनेतर्फको प्रयासका रूपमा हेरिएको छ।