काठमाडौं— नारायणगढ(मुग्लिन सडक खण्डको तीन ठाउँमा पहिरो खसेको छ । तुइनखोला, कालीखोला तथा फिस्लिङदेखि उत्तर खण्डमा पहिरो खसेको चितवनका प्रमुख जिल्ला गणेश अर्यालले जानकारी दिए ।
उनका अनुसार पहिरोका कारण दुवैतर्फ सडक अवरुद्ध रहेको छ । तीन स्थानमा अहिले पनि पहिरो तथा ढुङ्गा खसिरहेको सीडीओ अर्यालको भनाइ छ । पहिरो गएका स्थानमा बाटो खुलाउने प्रयास भइरहेको उनले बताए।
पहिरोको जोखिमका कारण शुक्रबार साँझ ६ बजेदेखि जिल्ला सुरक्षा समितिले नै यस क्षेत्रमा गाडी चलाउन रोकेको थियो ।