काठमाडौं— गएराति परेको चट्याङबाट काभ्रेको पनौती नगरपालिका-३ का राजु सापकोटाको घर जलेर क्षति भएको छ ।
शनिबार राति चट्याङ परेपछि भएको आगलागीमा परी तेलमालेका सापकोटाको घर पूर्ण क्षति भएको हो ।
वर्षासँगै परेको चट्याङपछिको आगलागीमा परेर घरमा भएका सुन चाँदी, लत्ताकपडा र अन्नपातसहितका सबै सामग्री नष्ट भएको सापकोटाले बताए ।
२०७२ सालको भूकम्पपछि सापकोटाले ज्याला मजदुरी गरेर बनाएको घर चट्याङपछि आगलागीमा परेको हो । सापकोटाले ज्याला मजदुरी गरेर परिवारको गुजारा गर्दै आएका छन् । उनको परिवारमा श्रीमती, एक छोरा