विराटनगर— न्यूनतम् पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै विराटनगरका दुई वटा अस्पतालका नर्स आन्दोलनमा उत्रिएका छन् ।
नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल र विराट शिक्षण अस्पतालका नर्सहरू आन्दोलित भएका हुन् ।
विराट शिक्षण अस्पतालका नर्सहरू शनिबारदेखि आन्दोलनमा उत्रिएका थिए भने नोबेलका नर्सहरू आइतबारदेखि आन्दोलित भएका हुन् ।
न्यूनतम् सेवा सुविधाको माग गर्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन् । श्रमशोषणविरुद्ध नर्सहरूले अस्पतालको प्रशासन घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।
अस्पतालका सबै विभागमा कार्यरत नर्ससहितका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।