काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय हुम्लाले अवैध चिनियाँ मदिरा झिनीगिन्टी बरामद गरेको छ ।
हुम्लाका विभिन्न स्थानहरूबाट ३५१ काटुन अवैध चिनियाँ मदिरा झिनिगिन्टी बरामद गरेको छ । ४ हजार २१२ बोतल अवैध चिनियाँ मदिरा झिनिगिन्टी मदिरा हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाडकेर्मी, तुम्कोट लगायतका स्थानबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शङ्कर पोखरेलले जानकारी दिएका छन। प्रतिबोतल ४ सयका दरले १६ लाख ८४ हजार ८०० बराबर मूल्यको चिनियाँ मदिरा मङ्गलवार राती १२ बजे बरामद गरेको हो।
बेवारिसे रूपमा भेटिएका २ हजार २२ लिटर अवैध अखाद्य चिनियाँ मदिरा बरामद गरेको सङ्कलन गरी छिटै नष्ट गर्ने डिएसपी पोखरेलले बताएका छन ।






































