काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४ घण्टापछि फेरि सञ्चालनमा आएको छ ।
विमानस्थलका अनुसार धावनमार्गको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा साँझ साढे ५ बजेबाट उडान र अवतरण अवरुद्ध भएको थियो ।लाइटिङको समस्या हुँदा केही अन्तर्राष्ट्रिय जहाजहरू आकाशमा ‘होल्ड’मा राखिएका थिए भने केहीलाई वैकल्पिक गन्तव्यमा पठाइएको थियो ।
आन्तरिक उडानका जहाजहरू भने विमानस्थलमै रोकिएका थिए । समस्या समाधान भएपछि विमानस्थल अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।






































