काठमाडौं—  विश्वभर दिगो मालसामान ढुवानीतर्फको परिवर्तन तीव्र बन्दै गएको बेला चिनियाँ निर्मित विद्युतीय भारी ट्रकहरूको माग अन्तर्राष्ट्रिय बजारमा झनै बढ्दै गएको छ । उरुग्वे देखि स्विडेनसम्मका ग्राहकहरू चीनका ट्रकहरूको उत्कृष्ट प्रदर्शन, प्राविधिक विश्वसनीयता र सुदृढ सेवा सुविधाबाट आकर्षित भई खरिद बढाइरहेका छन् ।

अर्जेन्टिनाका एक खरीदकर्ताले यूरोपेली उत्पादनभन्दा चिनियाँ प्रविधि उत्कृष्ट र परिपक्व रहेको विश्वास व्यक्त गर्दै, ‘हामी हाम्रो क्षेत्रमा नयाँ प्रविधि र नयाँ उत्पादन विस्तार गर्न चाहन्छौं,’ भनेका छन् ।

चीनका प्रमुख भारी ट्रक उत्पादक कम्पनी सानी ट्रकका अनुसार यस वर्ष अन्तर्राष्ट्रिय बिक्री उल्लेख्य वृद्धि भएको छ । विशेषगरी विद्युतीय मोडलहरूको हिस्सा निरन्तर बढ्दो अवस्थामा छ ।

सानी ट्रकका विदेश बजार महाप्रबन्धक लिउ फेङफेङका अनुसार, ‘सन् २०२५ मा हाम्रो कुल निर्यातको ४० प्रतिशत विद्युतीय ट्रक हुने अनुमान छ । यो हिस्सा सन् २०२६ सम्म आधा अर्थात् ५० प्रतिशत पुग्नेछ,’ उनले जानकारी दिए ।

चीनको ट्रक बजारअनुसन्धान गर्ने बेइजिङस्थित एक संस्थाका तथ्यांकअनुसार, २०२५ को पहिलो छ महिनामा विद्युतीय मोडलहरूले भारी सवारी बिक्रीको २२ प्रतिशत हिस्सा ओगटेको छ, जुन २०२४ को सोही अवधिभन्दा ८ प्रतिशत बढी हो ।

विद्युतीय मालढुवानी प्रवद्र्धनसंगै कार्बन उत्सर्जनमा कमी आउने मात्र होइन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चीनको भूमिका झनै मजबुत हुँदै गएको विश्लेषकहरूको भनाइ छ ।