काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

राति पनि गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्यत्र मौसम सफा नै रहने महाशाखाले जानकारी दिएको छ ।