काठमाडौं— कलाकार रविन्द्र श्रेष्ठले जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूको तस्बिर समेटेर तयार पारेको विशेष पेन्टिङ संसद भवन अगाडि प्रदर्शनमा राखिएको छ। उक्त पेन्टिङमार्फत जेनजी आन्दोलनसँग जोडिएका घटनालाई दीर्घकालसम्म स्मरणीय बनाउने उद्देश्य राखिएको बताइएको छ।

सार्वजनिक स्थलमा राख्न मिल्ने गरी निर्माण गरिएको यो पेन्टिङले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको बलिदानलाई सम्मान गर्ने प्रयास गरेको छ। हाल संसद भवन अगाडि राखिएको पेन्टिङ अवलोकन गर्न सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको छ।

पेन्टिङ अवलोकन गर्न आउनेहरूले श्रद्धाञ्जलीस्वरूप फूल अर्पण गर्नुका साथै आफ्ना भावना शब्दमार्फत व्यक्त गरिरहेका छन्। यसले जेनजी आन्दोलनप्रति जनभावना र स्मृतिलाई अझ जीवन्त बनाएको देखिन्छ।

zzzz