काठमाडौं— काठमाडौंको थापाथलीस्थित ब्रिटिश कलेजमा मंगलबार तोडफोड भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

‘सम्बन्धित तथा असम्बन्धित पक्षका केही युवाहरू कलेज पुगे र हुलहुज्जत गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले हटाउनेक्रममा उनीहरूले तोडफोड गरेका हुन्।’

केही दिन यता कलेजमा इन्टर्नशीपसँग सम्बन्धित विवाद चलिरहेको थियो। केही विद्यार्थीहरू युएईमा पठाइने इन्टर्नशीपका क्रममा अलपत्र परेको उजुरी गरेका थिए।

ब्रिटिश कलेजले जारी गरेको विज्ञप्तिमा भनेको छ कि हस्पिटालिटी कोर्सका विद्यार्थीहरू ‘द उलविच इन्स्टिच्युड’ दुबईमा पठाइने छन् र उक्त संस्थाले युएईको कानुन अनुसार सञ्चालन हुन्छ। साथै, इन्टर्नशीप सबै विद्यार्थीलाई निश्चिन्त नहुनेबारे पहिल्यै जानकारी गराइने उल्लेख गरिएको छ।

पक्राउ परेका पाँच जनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।