काठमाण्डौं— विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ ।
यस सिरिजमा चारवटा मोडेलहरू रेड्मी नोट १५ प्रों ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश गरिएको छ, जसले विभिन्न प्रकारका प्रयोगकर्ताहरूलाई फरक–फरक सुविधाहरू प्रदान गर्नेछन् ।
यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रों ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन (एसआईसी) ब्याट्री रहेको छ । जसमा १०५ एसआईसी सामग्री छ । यसमा १०० वाट हाइपरचार्ज रहेको छ जसले करिब ४० मिनेटमै पूर्णचार्ज गर्छ । साथै २२.५वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ ।
रेड्मी नोट सिरिजमा पहिलोपटक आईसी ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले सानो आकारमा बढी ऊर्जा क्षमता दिन्छ ।
सबै प्रो मोडेलहरूमा यो एसआईसी ब्याट्रीले शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछि पनि ८०५ वा बढी क्षमता कायम राख्छ, जुन लगभग ६ वर्षको सामान्य प्रयोगको बराबर हो ।
यस डिभाइसले आईपी ६६, आईपी ६८, आईपी ६९, आईपी ६९ के प्रमाणीकरण हासिल गरेको छ र एसजीएस प्रमाणित २।५ मिटर ड्रप प्रतिरोधक क्षमता छ । कोर्निंग गोरिल्ला ग्लास विक्टस २ र फाइबरग्लास–कम्पोजिट निर्माणले यसलाई थप बलियो बनाएको छ ।
स्न्यापड्रागन ७ एस जेन ४ मा चल्ने यस डिभाइसमा शाओमी हाइपर एआई (एआई राइटिङ, स्पीच रिकग्निसन, र इन्टरप्रिटर सहित), शाओमी सर्ज टी १ एस ट्युनर र किलोमिटर दूरीसम्म काम गर्ने अफलाइन कम्युनिकेसन सुविधा रहेको छ । रेड्मी नोट प्रों ५जीमा २०० एमपी प्राइमरी क्यामेरा छ जसमा २ एक्स र ४ एक्स अप्टिकल–लेभल इन–सेन्सर जूम र ओआईएस फिचर छ ।
यसमा विश्वभर पहिलो पटक २०० एमपी एचपीई इमेज सेन्सर प्रयोग गरिएको छ । एउटै लेन्स, ५ फोकल लेन्थ डीएजी एचडीआर र उन्नत एआई प्रशोधनले विभिन्न प्रकाशमा पनि विस्तृत र वास्तविक तस्बिरहरू दिन्छ ।
यस मोडेलमा शाओमी आइसलुप कूलिङ सिस्टम पनि छ, जुन यो मूल्य दायरामा एकमात्र एलएचपी कुलिङ समाधान हो र तीन गुणा हिट ट्रान्सफर दक्षता र थर्मल–कन्डक्टिभिटी दिन्छ । ६.८३–इन्चको १.५के एमोलेड क्रिस्टल रेस डिस्प्लेले ३,२०० निट्स पिक ब्राइटनेस दिन्छ, र दुअल स्पिकरहरूले ४००५ भोल्युम बूस्टको साथ इमर्सिभ मल्टिमिडिया अनुभव दिन्छ ।
कनेक्टिभिटीको लागि, प्रो मोडेलहरूमा फ्ल्यागशिप–लेभल शाओमी अफलाइन कम्युनिकेसन सुविधा छ, जसले नेटवर्क कभरेज नभएको अवस्थामा पनि किलोमिटर–स्तरको आवाज प्रसारण गर्न सक्छ । रेड्मी नोट १५ प्रों ५जी मा शाओमी सर्ज टी१एस ट्युनर पनि छ, जसले वाइफाइ, ब्लुटुथ®, जीपीएस र सेलुलर नेटवर्कहरूमा बलियो र स्थिर कनेक्टिभिटी दिन्छ । यो कालो, ग्लेसियर निलो र मोका ब्राउन रङमा उपलब्ध छ ।
रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २०० एमपी क्यामेरा सिस्टम र आईपी ६६, आईपी ६८, आईपी ६९, आईपी ६९के रेटिङ छ तर मिडियाटेकको डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६,५८० एमएएच सिलीकोन कार्बन ब्याट्रीले १,६०० साइकलपछि (लगभग छ वर्ष०)८०५ क्षमता कायम राख्छ र ४५डब्लू मा चार्ज हुन्छ । एआई क्रिएटिभिटी असिस्टेन्टमा एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, र एआई रिमुभ रिफ्लेक्सन जस्ता उन्नत टुलहरू छन् ।
६.८३–इन्चको डिस्प्ले प्रों को जस्तै छ, कोर्निंग गोरिल्ला ग्लास विक्टस २ सुरक्षा र ४००५ भोल्युम–बूस्टेड दुअल स्पिकर्स सहित छ । यस मोडेलमा शाओमी अफलाइन कम्युनिकेसन छ र गुगल जेमिनी सर्कल टु सर्च समर्थन गर्छ । यो कालो, ग्लेसियर निलो, टाइटेनियम र मिस्ट पर्पल रङमा उपलब्ध छ ।
रेड्मी नोट १५ ५जी मोडेल ७।३५ मिलिमिटर प्रोफाइलसहित रेड्मी नोटको सबैभन्दा पातलो डिभाइस हो, तर यसमा ५,५२० एमएएच सिलिकन–कार्बन ब्याट्री छ । १०८ मेगापिक्सेल क्यामेराले ३ गुणा इन–सेन्सर जुम र ओआईएस दिन्छ, र पातलो भए पनि आईपी६६ वाटर रेजिस्टेन्स कायम छ ।
स्न्यापड्रागन ६ जेन ३ मा चल्ने यो यन्त्रमा ४५ वाट चार्जिङ छ र ६.७७ इन्चको एमोलेड डिस्प्लेले ३,२०० निट पिक ब्राइटनेस दिन्छ ।





































