मनाङ— मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरूङ र राप्रपाका उम्मेदवार कुविरसिंह गुरूङले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका हुन्। मनाङमा पाँच जनाको उम्मेवारी परेको थियो ।

मनाङमा प्रदेश सभामा दुई सिट छ। तीमध्ये एक रिक्त छ। २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएका राजिव गुरूङको सांसद पद सर्वोच्च अदालतको आदेशपछि रिक्त छ भने निर्वाचन आयोगले चुनाव गराउने मिति तोके पनि स्थगित गरेको थियो।

एमाले मनाङका नेताहरूका अनुसार अब हुने प्रदेश सभा निर्वाचनमा कांग्रेसले एमालेलाई दुई क्षेत्रमा सहयोग गर्ने समझदारी छ।