काठमाडौं— देशभरबाट ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा देशभर ३ हजार ४८७ जनाले मनोनयन दर्ता गराएकामा ४९ जनाले तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिएका हुन् ।
यस्तै, उम्मेदवारविरुद्ध ५ वटा दाबी विरोध परेकोमा १ जनाको उम्मेदवारी खारेज भएको छ भने बाँकी ४ जनाको उम्मेदवारी यथावत् रहेको निर्वाचन आयोगले जनाएको छ।






































