काठमाण्डौ— आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउले पनि बढेको छ । चाँदी आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ थियो ।




































