काठमाडौं— निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह श्रम तथा संस्कृति पार्टीका उम्मेदरवार हर्क साम्पाङसहित ३ जनाभन्दा बढी उम्मेदरवारलाई स्पष्टीकरण सोधेको छ।
आयोगका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत आचारसंहिता बर्खिलाप हुने गरी प्रचारप्रसार गरेको र एक-अर्काविरुद्ध भ्रामक सामग्री पोस्ट गरेको उजुरी परेको थियो। आयोगले उनीहरूलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न पत्र काटेको छ।
निर्वाचन आयोगको आचारसंहिता हेर्ने शाखा स्रोतका अनुसार आज मंगलबार ३ जनाभन्दा बढीलाई आचारसंहिता उल्लंघन गरेकोमा पत्र कटिएको छ।
'अहिले सबैतिरबाट सूचना संकलन गर्ने काम भइरहेको छ। केही समयपछि सबै विवरण आउँछु, आयोगकी सहायक प्रवक्ता सीता पुनले भनिन् ।
बालेनको 'भिजुअल' पोस्ट र अन्यको उत्तेजक अभिव्यक्तिले चुनावी निष्पक्षतामा असर पारेको आयोगको ठहर छ। जवाफ चित्तबुझ्दो नभए निर्वाचन ऐन अनुसार कारबाही हुने आयोगले चेतावनी दिइएको छ।





































