काठमाडौं— निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि हालसम्म २३ वटा उजुरी दर्ता भएका छन् । आयोगले २१ वटा उजुरीलाई लिएर सम्बन्धित व्यक्ती र संस्थालाई स्पष्टीकरण सोधिसकेको छ ।
आइतबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले स्पष्टीकरण सोधिएका व्यक्ति र संस्थामध्ये १२ वटा जवाफ आइसकेको जानकारी दिए । सफाइको मौका नदिई कारबाही नगर्ने कानुनी प्रावधान भएकाले पहिला स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।



































