कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

195 Shares
alt

सप्तरी –  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३, हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले असहज अवस्थाको जिम्मेवार ती दुबै पार्टीको भएका बताए ।

२०४६ सालको जनआन्दोलन पश्चात गठन भएका सरकारहरुमा कांग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको बताउँदै उनले भने, ‘देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश असहज अवस्थामा पुग्न बाध्य भएको हो ।’

देशमा शिक्षा, स्वास्थ्य र उद्योगलाई व्यवस्थापन गर्नुको साटो निजीकरण र पार्टीकरण गरेकोले ती सबै सरकारी संरचनाहरु तहस–नहस भएको अध्यक्ष यादवले बताए । सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका उनले चुनावका बेला बाचा गरेर पनि जितेपछि पुरा नगर्ने नेतालाई चित्त नबुझेसम्म गरिरहन मतदाताहरुसँग आग्रह आग्रह गरे ।

मत माग्न आएका बेला बाटो बनाइदिने, अस्पताल बनाइदिने, राम्रो विद्यालय तथाकलेज बनाइदिने, सिँचाइको व्यवस्था गरिदिने आदि इत्यादि बाचा गरेका नेताहरुलाई प्रतिवद्धताहरु किन भएन ? भनी प्रश्न सोधिरहे मात्र नेता सुध्रिने उनले बताए । उनले भने, ‘जनताले नेतासँग प्रश्न सोधिरहनुपर्छ, अनि मात्र नेता जिम्मेवार बन्ने छन् ।’

जनता समाजवादी पार्टीकै कारण देशमा परिवर्तन आएको भन्दै आफू र भावी सन्ततीको भविष्यका लागि जसपाका उम्मेदवारहरु अत्यधिक मतले जिताउन अध्यक्ष यादवले जनतासँग आग्रह गरे । आफू सप्तरी २ बाट चुनाव जितेपछि आमूल परिवर्तन ल्याउनका रागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालमा अत्याधुनिक भौतिक पूर्वाधार, इन्जिनियरिङ्ग कलेज भवन, नर्सिंग कलेज भवन, पक्की सडकहरु समेतका कामहरु भएको र कतिपय पुरा हुने क्रममा रहेको उनले चर्चा गरे ।


सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.