काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।
आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो ।
मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले उनलाई सुरुमा अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।
‘रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई ५०१ नम्बर बेडमा भर्ना गरिएको छ,’ अस्पताल स्रोतले बतायो ।
५०१ नम्बर बेड भएको भवनसम्म लैजाँदा ओलीलाई उनकै गाडी चढाएर लगिएको थियो ।






































