काठमाडौं— ललितपुर महानगरपालिकाले बिहीबारदेखि ‘वातावरण प्रहरी एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। महानगरका मेयर चिरीबाबु महर्जनले एक विशेष कार्यक्रमबीच उक्त एम्बुलेन्सको शुभारम्भ गरेका हुन्।

वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको महानगरले जनाएको छ। एम्बुलेन्समार्फत वातावरणसम्बन्धी आकस्मिक समस्या समाधान, फोहोर व्यवस्थापनमा सहजीकरण तथा अनुगमन कार्यलाई तीव्रता दिइने विश्वास गरिएको छ।

महानगरका अनुसार, यस सेवाले वातावरण प्रहरीको कामलाई थप व्यवस्थित र छरितो बनाउँदै नागरिकलाई छिटो सेवा पुर्‍याउन सहयोग गर्नेछ।