एजेन्शी । इजरायलद्वारा इरानको विशाल पेट्रोकेमिकल प्लान्ट ध्वस्त; ८५ प्रतिशत निर्यात क्षमतामा क्षति पुगेको दाबीगरेकोछ।
इजरायलले इरानका दुई ठूला पेट्रोकेमिकल कम्प्लेक्सहरूमा लक्षित हवाई आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सामाजिक सञ्जालमार्फत इरानी सेना (IRGC) को आर्थिक स्रोतहरू नष्ट गर्ने प्रक्रिया सुरु भएको जानकारी दिनुभएको छ। इजरायली रक्षा बल (IDF) का अनुसार यो आक्रमणबाट इरानको कुल पेट्रोकेमिकल निर्यात क्षमताको ८५ प्रतिशतभन्दा बढी हिस्सा प्रभावित भएको छ।
विशेष गरी असलुयेस्थित औद्योगिक क्षेत्रलाई इरानले आफ्नो मिसाइल उत्पादनका लागि आवश्यक महत्त्वपूर्ण पाटपुर्जाहरू बनाउन प्रयोग गर्दै आएको इजरायलको जिकिर छ। यस घटनाले मध्यपूर्वमा जारी द्वन्द्वलाई सैन्य मोर्चाबाट अब आर्थिक मोर्चातर्फ मोडेको विश्लेषण गरिएको छ।






































