काठमाडौं । गैरआवासीय नेपाली सङ्घ एनआरएनएका उपाध्यक्ष लोक प्रसाद दाहाललाई नेपाल प्रवर्द्धन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।
संयोजकमा नियुक्त गरिएको छ । एनआरएनएको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार दाहाललाई २०२५–२०२७ कार्यकालका लागि यो जिम्मेवारी दिइएको हो ।संघका अध्यक्ष डा। हेम राज शर्मा र महासचिव डा। चिरञ्जीवी खड्काद्वारा प्रेषित पत्रमा दाहाललाई विभागको कार्यविधि र कार्ययोजना तयार पार्न निर्देशन दिइएको छ ।
विभाग प्रमुख दाहालले अब विभिन्न क्षेत्रका पदाधिकारीहरूसँगको समन्वयमा बढीमा १७ सदस्यीय कार्यसमिति र ५ जना विज्ञ सल्लाहकारहरू प्रस्ताव गर्ने जानकारी दिए । उनले अप्रिल १५ भित्र नामावली बुझाउने बताए । विभाग प्रमुख दाहालले नेपालको पर्यटन पर्वद्धनमा एनआरएनएले सघाउने बताउँदै त्यसका लागि आफू समन्वकारी भूमिका खेल्नका लागि नै यो जिम्मेवारी लिएको बताए । कर्मथलो बेल्जियम बनाएका दाहाल नेपालको पर्यटन क्षेत्रसँग नजिक रहेर काम गर्दै आएका व्यक्ति पनि हुन् । उनले पर्यटन पर्वद्धन गर्ने उद्देश्यले उच्च हिमाली दौड आयोजना गर्ने सोँचमा रहेको बताए ।
हिमाल आरोहण गर्ने आरोही र भरियाबीचको सम्बन्ध सुमधुर बनाउन यस्तो प्रतियोगिता गराउने बताए । यसैगरी नेपालको पर्यटन क्षेत्रलाई थप गतिशील बनाउने प्रमुख उद्देश्य रहेको उल्लेख गरे ।






































