झापा— झापाको बाह्रदशी गाउँपालिका–२ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

स्थानीय ३५ वर्षीया सुनिता बास्कीको आफ्नै घरमा वाइफाई जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति वाइफाईको प्लग जडान गर्ने क्रममा नांगो तार छोएपछि उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको र अनुसन्धान जारी रहेको जनाइएको छ।