काठमाडौं— प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–६ लिबाङ बस्ने ७० वर्षीय केदार बोहरा क्षेत्री र उनकै छोरा २८ वर्षीय रामु बोहरा क्षेत्रीको चट्याङ लागेर मृत्यु भएको छ । 

आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा राति मृत्यु भएको हो ।

साथै, चट्याङ लागेर घाइते भएका एकजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।