काठमाडौं— नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) ३ हजार ४ सय रुपैयाँले बढेको छ । सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य बढेर ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ ।