एजेन्शी । तेहरान– इरान र अमेरिकाबीच तनाव फेरि बढेको छ ।इरानी सञ्चारमाध्यमका अनुसार हर्मुज स्ट्रेट नजिक चार जहाजमा गोली चलेको छ, जसमा एक अमेरिकी तेल ट्यांकर पनि रहेको बताइएको छ ।
जहाजहरूले ट्र्याकिङ प्रणाली बन्द गरेर यात्रा गरिरहेका थिए ।त्यसपछि बन्दर अब्बास एयरपोर्ट नजिकै अमेरिकाले तीन स्थानमा आक्रमण गरेको रिपोर्ट छ । जवाफमा इरानको इस्लामिक रिभोल्युसनरी गार्डले अमेरिकी सैन्य बेसमा हमला गरेको दाबी गरेको छ । यसैबीच, बन्दर अब्बास क्षेत्रमा तीन ठूलो विस्फोटको आवाज सुनिएको र एयर डिफेन्स प्रणाली सक्रिय गरिएको इरानी मिडियाले जनाएको छ । तर विस्फोटको कारण अझै स्पष्ट भएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेट अन्तर्राष्ट्रिय जलमार्ग भएकाले कुनै देशले नियन्त्रण गर्न नपाउने चेतावनी दिएका छन् ।उनले इरानको परमाणु कार्यक्रम रोक्नुपर्ने अडान दोहोर्याउँदै वार्ताका लागि अमेरिका तयार रहेको पनि बताएका छन् ।






































