संखुवासभा— संखुवासभाको पाँचखपन नगरपालिका–६ मगरटोलबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जेठ २९ गते इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले पाँचखपन नगरपालिका–६ निवासी ३५ वर्षीय विनय मगरको घरछेउमा रहेको कागतीको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान लोड गरिएको भरुवा बन्दुक बरामद गरेको हो।
भरुवा बन्दुक बरामद भएपछि प्रहरीले विनय मगरलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






































