काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उरुग्वे र केप भर्डेले बराबरी खेलेका छन् । 

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा केप भर्डेले उरुग्वेसँग २/२ गोलको बराबरी खेलेको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।

खेलको २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गरेका थिए । त्यसपछि खेलको ४४औं मिनेटमा उरुग्वेका म्याक्सी अराजोले गोल गर्दै बराबारी बनाए ।

पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २/१ को अग्रता दिलाए ।

६१औं मिनेटमा केप भर्डेका हेलियो भारेलाले गोल गर्दै बराबरी बनाए ।