चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको प्रतिस्पर्धाबाट निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटी पनि बाहिरिएका छन्। उनले उम्मेदवारी फिर्ता लिएसँगै महामन्त्रीको चुनावी समीकरण फेरिएको छ।
यसअघि जगदीश खरेलले पनि उम्मेदवारी फिर्ता लिइसकेका थिए। लगातार दुई उम्मेदवारले मैदान छाडेपछि अब महामन्त्री पदका लागि ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
अब महामन्त्री पदका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी मैदानमा छन्।
रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि जारी मतदानसँगै महामन्त्री पदको प्रतिस्पर्धा झन् रोचक बनेको छ।




































