काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री ९खुला० पदमा कडा प्रतिस्पर्धा हुने भएको छ। दुई पदका लागि ११ जनाले उम्मेदवारी कायम राखेपछि नेतृत्व चयनको दौड रोचक बनेको हो।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार रमेश प्रसाईंसहित यज्ञमणि न्यौपाने, शुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी मैदानमा छन्।
रास्वपाको विधानअनुसार खुलातर्फ दुई जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। त्यसैले सीमित पदका लागि धेरै उम्मेदवार मैदानमा उत्रिएपछि प्रतिनिधिहरूको मत निर्णायक बन्ने देखिएको छ।
पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतदानसँगै सहमहामन्त्री पदको प्रतिस्पर्धा पनि पार्टीभित्रको संगठनात्मक शक्ति परीक्षणका रूपमा हेरिएको छ।




































