काठमाडौं। पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्।
विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वामपन्थी शक्तिबीच सहकार्यको प्रक्रिया अघि बढिसकेको र लोकतान्त्रिक शक्ति जसपासँग पनि निरन्तर संवाद भइरहेको जानकारी दिए।
उनले आगामी महाधिवेशनमार्फत पार्टीमा अर्को ‘क्रमभंग’ हुने दाबी गर्दै त्यसले नयाँ राजनीतिक सन्देश दिने बताए। साथै, अब पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई पनि प्राथमिकतामा राख्ने उल्लेख गरे ।
प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई आगामी दिनमा वाम राजनीति र सम्भावित नयाँ समीकरणको संकेतका रूपमा हेरिएको छ।




































