नवनियुक्त उपाध्यक्ष खत्रीलाई बुधबार शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।
यसअघि आयोगको उपाध्यक्ष पद रिक्त भएपछि आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीले कार्यवाहक उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका थिए।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झासहित केही पदाधिकारी पदमुक्त भएका थिए। त्यसयता रिक्त रहेको उपाध्यक्ष पदमा अब डा. खत्री नियुक्त भएका हुन्।






































