काठमाडौं । प्रतिनिधिसभामा सभामुखप्रति विवादास्पद अभिव्यक्ति दिएका एमाले सांसद राजेन्द्रकुमार राईका शब्द संसदीय अभिलेखबाट हटाइएका छन्। विवादपछि सभामुख डोलप्रसाद अर्यालले सचिवालयलाई रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।
प्रतिनिधिसभा बैठकमा एमाले सांसद राजेन्द्रकुमार राईले सभामुखलाई लक्षित गर्दै सभामुखज्यू, तपाईँ कान सुन्नुहुन्छ कि हुँदैन? भन्ने अभिव्यक्ति दिएपछि संसद्मा विवाद भएको छ।
बैठक पुनः सुरु भएपछि सभामुख डोलप्रसाद अर्यालले राईले बोलेका विवादित शब्द संसदीय अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिए।
त्यसपछि राईले आवेशमा त्यस्तो अभिव्यक्ति आएको स्वीकार गर्दै संसद्को मर्यादा र विधिलाई सम्मान गर्ने बताए। उनले प्रतिपक्षका माग सरकारले बेवास्ता गरिरहे आन्दोलन जारी रहने चेतावनीसमेत दिए।






































