काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिनको उपलब्धिका रूपमा सुकुमबासीलाई उठिबास र आँसु मात्रै दिएको आरोप लगाएकी छन्। प्रतिनिधिसभामा कांग्रेस सांसद थपलिया उर्मिलाले सरकारको सय दिनको कार्यशैलीमाथि कडा टिप्पणी गरेकी छन्।

उनले वर्षायामको मुखमा सुकुमबासीलाई विस्थापित गर्नु अमानवीय भएको भन्दै सरकारको १०० दिनको उपहार सुकुमबासीको आँखामा आँसुु भएको आरोप लगाइन्।थपलियाले सरकार परिवर्तन भए पनि शासन गर्ने शैली नफेरिएको दाबी गर्दै पुराना दललाई दोष दिन छाडेर आफ्नै कामको समीक्षा गर्न सत्तापक्षलाई आग्रह गरिन्। सुशासनको नाराभन्दा व्यवहारमा नातावाद र कृपावाद हाबी रहेको उनको आरोप थियो।