काठमाडौं । कानुनमन्त्री सोबिता गौतमको व्यस्तताका कारण बुधबारको प्रतिनिधिसभा बैठक निर्धारित समयमै सञ्चालन हुन सकेन।
सुरुमा १५ मिनेटका लागि स्थगित गरिएको बैठक पछि सभामुखले सूचना जारी गर्दै बिहीबार बिहान ११ बजेसम्मका लागि सारेका हुन्।
संसद् सचिवालयका अनुसार कानुनमन्त्री गौतम राष्ट्रिय सभामा प्रतिस्थापन विधेयकमाथिको छलफलमा सहभागी रहेकाले विशेष परिस्थितिमा बैठक स्थगित गरिएको हो। प्रतिनिधिसभा नियमावली–२०८३ अनुसार बैठक स्थगन गरिएको सचिवालयले जनाएको छ।






































