काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ।

प्रहरीका अनुसार निषेधित क्षेत्रमा सार्वजनिक कार्यक्रम गर्ने तयारी भइरहेका बेला प्रसाईंलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको निवाससम्म पुर्‍याइएको हो।प्रसाईंले गणेश नेपालीको न्यायको माग गर्दै विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले विमानस्थलको निषेधित क्षेत्रमा कार्यक्रम गर्न नपाइने कानुनी व्यवस्था अनुसार सुरक्षा कदम चालिएको जनाएको छ।