काठमाडौं ।विभिन्न सञ्चारगृहको कार्यालयबाहिर शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारसँग तत्काल छानबिन र कारबाहीको माग गरेको छ।

रास्वपाले यस्तो गतिविधिले पत्रकार र सञ्चारमाध्यमलाई मनोवैज्ञानिक दबाबमा पार्ने प्रयास भएको भन्दै प्रेस स्वतन्त्रतामाथिको चुनौतीका रूपमा व्याख्या गरेको छ।

पार्टीले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै सञ्चारगृहको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सरकार, गृह मन्त्रालय र सुरक्षा निकायलाई आग्रह गरेको छ।

रास्वपाले पत्रकारहरूलाई कुनै पनि दबाब वा त्रासमा नपरी तथ्यमा आधारित समाचार सम्प्रेषण जारी राख्न समेत आह्वान गरेको छ।