काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले सभाका बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसद्हरु आ-आफ्नो ठाउँबाट उठेर विरोध गर्नुभयो । त्यसपछि सभामुख अर्यालले नेकपा (एमाले)का सांसद् गणेश ठगुन्नालाई बोल्न समय दिनुभयो ।
सांसद् ठगुन्नाले हाम्रा पुर्खाहरुले नेपालको भौगोलिक अखण्डता जोगाउनु भएको उल्लेख गर्दै दुई देशको सीमाका सम्बन्धमा देखिएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।






































