प्रतिनिधिसभा बैठकमा २० मिनेट बसेर निस्किए प्रधानमन्त्री बालेन र सभापति रवि लामिछाने
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभाको बैठकमा छोटो समय सहभागी भएर बाहिरिएका छन्।
उनीहरू सोमबार दिउँसो १ बजेर ३७ मिनेटमा प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरेका थिए। बैठक सुरु भएपछि करिब २० मिनेट मात्र बसेर दुवै नेता संसद् भवनबाट बाहिरिएका हुन्।
संसद् प्रवेशअघि प्रधानमन्त्री शाहले सभामुख डोलप्रसाद अर्यालसँग करिब पाँच मिनेट छलफल गरेका थिए। त्यसपछि उनी रवि लामिछानेसँगै बैठकमा सहभागी भएका थिए।
दुवै नेताको संसद्मा छोटो उपस्थितिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका बेला उनीहरू बाहिरिनुको कारण भने सार्वजनिक गरिएको छैन।
प्रतिनिधिसभाको बैठक भने पूर्वनिर्धारित कार्यसूचीअनुसार अघि बढिरहेको छ।