काठमाडौं । नेकपा (एमाले) की सांसद यशोदा कुमारी बरालले संसद्मा प्रधानमन्त्री बालेन शाहको छोटो उपस्थितिप्रति असन्तुष्टि जनाएकी छन्। लामो समयपछि प्रधानमन्त्री संसद्मा आएको देखेर जनताका प्रश्नको जवाफ दिने अपेक्षा गरे पनि केहीबेरमै बाहिरिएको भन्दै उनले आपत्ति जनाइन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै बरालले भनिन्,प्रधानमन्त्रीज्यू आउनुभएको देखेर अब सदनमा उठेका प्रश्नको जवाफ दिनुहुन्छ भन्ने आशा लागेको थियो। तर उहाँ हाम्रो कुरा दुई मिनेट पनि नसुनी बाहिरिनुभयो, भनिन्।
उनले सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिपछि प्रधानमन्त्री संसद्मा उपस्थित भए पनि सांसदका जिज्ञासाको सामना नगरेको आरोप लगाइन्।
बरालले गणेश नेपालीको आत्मदाह घटनाको सम्पूर्ण दोष काठमाडौं महानगरपालिकामाथि थोपर्ने प्रयास भएको भन्दै त्यसप्रति पनि असन्तुष्टि व्यक्त गरिन्। साथै गृहमन्त्रीले संसद्को रोस्ट्रमबाट दिएको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै प्रतिपक्षमाथि मात्र नियम कडाइका साथ लागू गरिएको आरोप समेत लगाइन्।





































