काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मनसुन सक्रिय भएसँगै बढ्दो बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै सरकारलाई विपद् पूर्वतयारी प्रभावकारी बनाउन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि राहत, उद्धार र आपत्कालीन व्यवस्थापनलाई चुस्त बनाउन तथा वर्षायाममा सुरक्षित सवारी आवागमन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।

सभामुख अर्यालले विपद् आउनुअघि नै आवश्यक तयारी, उद्धार संयन्त्रको परिचालन र नागरिकको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।