काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह घटनापछि काठमाडौं महानगरका नगर प्रहरीमाथि प्रश्न उठिरहेका बेला पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उनीहरूको पक्षमा खुलेर बोलेका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गर्दै सरकार उनीहरूको साथमा रहेको बताएका हुन्।
मन्त्री लम्सालले नगर प्रहरीकै सक्रियताले विगतमा धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेको र धेरैको ज्यान जोगिएको उल्लेख गरे। उनले नगर प्रहरीको मनोबल कमजोर हुँदा त्यसको असर नागरिकको सुरक्षामै पर्ने भन्दै आफ्नो जिम्मेवारीबाट पछि नहट्न आग्रह गरे।
‘परिवर्तनमा समय लाग्छ, आशावादी भएर काम गर्नुहोस्, सरकार तपाईंहरूको साथमा छ,’ भन्दै उनले सबै मिलेर देश निर्माणमा लाग्नुपर्ने सन्देश पनि दिएका छन्।






































