काठमाडौं । मिडियाको गेट अवरुद्ध हुने गरी पार्किङ गरिएका गाडीको घटनालाई ुशंकास्पदु भन्दै रास्वपा सभापति रवि लामिछानेले निष्पक्ष छानबिन र दोषीमाथि कारबाही अनिवार्य हुने बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दोषी जो भए पनि उन्मुक्ति हुँदैन, आफ्नै पार्टीका कार्यकर्ता संलग्न भए पनि कानुनी कारबाही हुन्छ भन्ने स्पष्ट सन्देश दिएका हुन्।

रास्वपाले यसअघि नै घटनालाई गलत भन्दै विज्ञप्ति जारी गरिसकेको स्मरण गराउँदै लामिछानेले पार्टी आफ्नो अडानबाट पछि नहट्ने बताए। उनले रास्वपाले विगतमा आफ्नै सांसदमाथि पनि ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण दिँदै ूपार्टीभन्दा माथि कानुनू भन्ने नीति दोहोर्‍याए।

यस्तै, प्रधानमन्त्री बालेन शाहसँग सुकुमवासी समस्या र समसामयिक राजनीतिक विषयमा परिणाममुखी छलफल भएको जानकारी पनि उनले दिएका छन्।