काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ।
बैठकले बीउबिजन (पहिलो संशोधन) नियमावली–२०८३ स्वीकृत गरेको छ। साथै सशस्त्र प्रहरी बलका खोज तथा उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरिएको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने भएको छ। सरकारले महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी पनि दिएको छ।
यस्तै, मिटरब्याजसम्बन्धी विगतमा गठन भएका सबै आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।






































